५१ दिनमा ‘शत्रु गते’, ह्याट्रिक दौडमा प्रदीप भट्टराई

५१ दिनमा ‘शत्रु गते’, ह्याट्रिक दौडमा प्रदीप भट्टराई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप भट्टराई निर्देशित सिनेमा ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । हलमा प्रदर्शन भएको ५१ दिन पुरा भएपछी निर्माण पक्षले सफलता खुसी साट्ने गर्दछन् । ‘शत्रु गते’ले पनि शनिबार बेलुका राजधानीमा सक्सेस पार्टी राखेको छ ।

वर्षको सय हारहारीमा सिनेमा रिलिज भएपनि दर्जन जति सिनेमाले मात्र नाफाको व्यापार गर्छन । त्यसमध्ये एकाध सिनेमाले मात्र गौरवमय ५१ दिन पुरा गर्ने गर्छन । ५१ दिनको कुरा गर्दा प्रदीप भट्टराई डेब्यु निर्देशित सिनेमा ‘जात्रा’ले पनि यो सफलता हात पारेको थियो । अब उनि ह्याट्रिकको दौडमा छन् ।

दुई सिनेमाबाट लगायत दर्शकको मन जितेका प्रदीपले ‘जात्रा’ सिक्वेल ‘जात्रै जात्रा’ पनि घोषणा गरिसकेका छन् । ‘जात्रै जात्रा’ले पनि ५१ दिन पुरा गरेको खण्डमा प्रदीपले एउटा अर्को सफलताको एकाइ नाप्ने छन् । ‘शत्रु गते’को ५१ दिने सक्सेसको बधाईसँगै उनका प्रशंसकले ह्याट्रिकको शुभकामना पनि दिइरहेका छन् ।

राजधानीका ८ हलमा ५१ दिन पार

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा’ले पहिलो पटक मल्टीप्लेक्सको पर्दामा ५१ दिन पार गरेको थियो । दीपाश्रीसँगै प्रदीप मात्र त्यस्ता निर्देशक हुन्, जसको दुई सिनेमाले लगातार मल्टीप्लेक्समा यो उचाई नापे । ‘शत्रु गते’ ४ मल्टीप्लेक्स र ४ सिंगलमा अझै पनि हाउसफुलका साथ प्रदर्शन भैरहेको निर्माण पक्षले बताएको छ ।

कमेडी जानरामा किरण केसीले निर्माण गरको ‘शत्रु गते’मा  वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।