Congratulations: ‘निशरद’ बन्दै माता-पिता !

Congratulations: ‘निशरद’ बन्दै माता-पिता !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पाँच महिना अगाडी क्रिकेटर शरद भेस्वाकरसँग लगनगाँठो कसेकी अभिनेत्री निशा अधिकारीले आफु आमा बन्न लागेको खुलासा गरेकी छन् । फेसबूकमा दुईजिउको तस्विर शेयर गर्दै नयाँ वर्षको असवर पारेर उनले फ्यान माँझ खुसि साटेकी छन् ।

लामो समयको प्रेमपश्चात निशा र शरद गत जुन ३० मा वैवाहिक जीवनमा बाँधिएका थिए । सम्भवतः अबको केहि महिना निशा कामबाट विश्राम लिनेछिन् । निशाले निर्माण गरेको ‘झ्यानाकुटी’ गत मंसीर १ मा प्रदर्शन भएको थियो । शरद भने छिट्टै नै डिभिजन २ को तयारिमा लाग्नेछन् । केहि दिन अगाडी मात्र घरेलु प्रतियोगिता ‘ईपिएल’मा शरद कप्तानी रहेको ‘भैरहवा ग्ल्याडीएटर्स’ उपविजेता बनेको थियो ।