शाहिद र मिरा बने छोराको बाबुआमा

शाहिद र मिरा बने छोराको बाबुआमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘बत्ति गुल मिटर चालु’को प्रदर्शनको पखाईमा रहेका अभिनेता शाहिद कपुर र उनकी पत्नी मिरा राजपुतलाई पुत्रलाभ भएको छ । मिराले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

बुधबार ५ सेप्टेम्परका दिन मिराले मुम्बईको हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएको बलिउड मिडियाले जनाएका छन् । उनलाई व्यथा लागे पश्चात बुधबार नै अस्पतामा भर्ति गरिएको थियो । शाहिद र मिराले २०१६ अगष्ट २५ मा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका थिए । उनीहरुले २०१५ को ७ जुलाईमा बिहे गरेका थिए ।

नवजात शिशु र आमा दुवैको स्वास्थ्य सामान्य रहेको बताइएको छ । मिरा र बच्चालाई हेर्न केही सेलिब्रेटी अस्पतालमा पुगेका छन् । साथै थुप्रै बलिउड कलाकारले सामाजिक सञ्जालमार्फत शाहिद र मिसालाई बधाई दिएका छन् ।