शाहरुखले लिए १० घण्टाको ८ करोड पारिश्रमिक

शाहरुखले लिए १० घण्टाको ८ करोड पारिश्रमिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडकी चर्चित निर्माता एकता कपुर अहिले आफ्नो सुपरहिट सिरियल ‘कसौटी जिन्दगीकी’को दोस्रो सिजनको तयारी गरिरहेकी छन् । यसको अहिले धमाधम छायांकन हुनुको साथै प्रचार प्रसार पनि उतिकै भैरहेको छ । यो सिरियललाई सुरुमै चर्चित बनाउन उनले चालेको एउटा कदम उनलाई नै भारी परेको छ ।

एकताले सिरियललाई ट्रेलरबाटै चर्चित बनाउन चहान्थीन जसका लागी उनले प्रोमोमा बलिउड सुपरस्टार शाहरुख खानलाई प्रयोग गर्न चाहिन । तर यो कदम उनलाई निकै महंगो सावित भएको छ । साथै सिरियलको न्यारेसन पनि शाहरुखबाट गराउने योजना बनाइन् । र, शाहरुखलाई प्रस्ताव राखिन् । शाहरुखले पनि आनाकानी गरेनन् ।

मित्रताको हिसाबले लिखित सम्झौताबिनै काम सुरु भयो । शाहरुखले जम्माजम्मी १० घन्टा सुटिङ गरे । जब पैसाको कुरा आयो, शाहरुखले ८ करोड रुपैयाँ मागे । रकम सुनेर एकता कपुरको होस उड्यो । तर, बहस गर्नुको अर्थ थिएन । त्यसैले उनले चुपचाप शाहरुखले मागेकै रकम दिएकी छन् ।

‘कसौटी जिन्दगीकी’ धेरै वर्ष अगाडिको चर्चित पारिवारिक सिरियल थियो । गृहणीहरुमाझ लोकप्रिय बनेको यस सिरियलपछि नै भारतीय टिभी च्यानलहरुमा पारिवारिक सिरियलको बाढी आएको हो । ‘कसौटी जिन्दगीकी’ एक महिलाले दुई पुरुषसँग गर्ने प्रेममा आधारित थियो ।