बाहुबली भन्दा महँगो फिल्म बनाउन चाहन्छन शाहरुख

बाहुबली भन्दा महँगो फिल्म बनाउन चाहन्छन शाहरुख

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | बलिउड सुपरस्टार शाहरुख खानले केहि समय अगाडी ‘महाभारत’ माथि फिल्म बनाउने सपना रहेको बताएका थिए । तर, आफुले एक्लैले ‘महाभारत’मा आधारित रहेर फिल्म बनाउन मुस्किल पर्ने पनि बताएका थिए ।

यसको बर्षौसम्म पनि शाहरुखले उक्त सपना पुरा गर्न सकेका छैनन् । यसै विषयमा पुन: शाहरुखले मुख खोलेका छन् । एक कार्यकमका बीच शाहरुखको सपनालाई मिडियाद्वारा बिउझाउने कोशिस गरियो ।

शाहरुखले यस विषयमा गम्भीर जवाफ दिए ‘म ‘महाभारत’मा आधारित रहेर फिल्म बनाउन चाहन्छु । तर, त्यसको लागि मसंग पर्याप्त रकम छैन । ‘महाभारत’लाई ठुलो पर्दामा ल्याउन हरेक दोस्रो व्यक्तिको चाहना हुन्छ । त्यसको लागि भारि रकम चाहिन्छ ।

म ‘महाभारत’ अन्तर्राष्ट्रिय लगानीकर्ताहरुसंग मिलेर बनाउन चाहन्छु । किनकि, भारतीय निर्मातासंग लगानी गर्दा फिल्मले बजार सानो महसुस गर्नेछ।’

साथै ‘महाभारत’ ‘बाहुबली’ भन्दा पनि ठुलो बजेटमा निर्माण हुने बताए । शाहरुखले थपे ‘महाभारत’का अगाडी ‘बाहुबली’को बजेट केहि पनि होइन । त्यसैले त मैले सपना देखे पनि अहिलेसम्म फिल्म बनाउन सकेको छैन ।’