लज्जास्पद हार पछी फ्यानसँग माफी मागे शाहरुखले

लज्जास्पद हार पछी फ्यानसँग माफी मागे शाहरुखले

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गए राती सम्पन्न मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्स विचको खेलमा कोलकताले लज्जास्पद हार बेहोरेपछी टिमका मालिक शाहरुख खानले फ्यानहरुसँग माफी मागेका छन् ।

उनले आफ्नो ट्वीटर अकाउन्ट मार्फत टिमको लज्जास्पद हारले फ्यानलाई पुग्न गएको पिडालाई मध्येनजर गर्दै माफी मागेका हुन् ।

 

शाहरुख लेख्छन ‘खेल उत्साहले भरिपूर्ण थियो र हार जित यसले दर्साउन सक्दैन । त्यसैले आज एक मालिक हुनुको नाताले कोलकता टिमको कमजोर जोशको लागि प्रशंशकसँग माफी चाहन्छु ।’

कोलकताले निर्णायक खेलमा मुम्बईसँग १०२ रनले हारेको थियो । २ सय ११ रनको लक्ष्य पछ्च्याएको कोलकता १८.१ ओभरमै १०८ रनमा समेटिएको थियो । यो हार यस सिजन सबै भन्दा विशाल हो । हारसँगै कोलकताको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । जितसँगै चौथों नम्बरमा उक्लिएको मुम्बईले भने प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ ।