‘सय कडा दश’को पहिलो गीत सार्वजनिक (भिडियो)

‘सय कडा दश’को पहिलो गीत सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – माघ १८ गतेबाट रिलिज हुने सिनेमा ‘सय कडा दश’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘दाईलाई कुरा लाइदिनी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् ।

‘दाईलाई कुरा लाइदिनी, सात्तो खाइदिनी…’ बोलको गीतमा कल्याण सिंहको संगीत, निर्देशक रामशरण पाठकको शब्द रहेको गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर छ । वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा फिल्मले पेश गर्छ । मनोज गजुरेल र राजाराम पौडेल समेत मुख्य भूमिकामा छन् । कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु सिनेमा हो ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सह निर्माता हुन् । नेपाल प्रदर्शनपूर्व थाइल्यान्ड र म्यानमारमा फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टिम जुटेका छन् ।