‘सयकडा दश’ छायांकन सुरु

‘सयकडा दश’ छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

स्तम्भकार एवं कमेडियन मनोज गजुरेलको चिनारीमा अर्को प्वाँख थपिएको छ । उनको मुख्य भूमिका रहेको फिल्म ‘सयकडा दश’ छायांकन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको दृश्यांश खिचियो । अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई फिल्म क्षेत्रमा स्वागत गरे ।

‘डेब्युका लागि उपयुक्त फिल्मको पर्खाइमा थिएँ’ गजुरेलले भने, ‘म कमेडी विधाकै भएपनि मेरो विचारमा फिल्मको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि ।’अभिनेता पौडेलले गजुरेललाई घरेलु फिल्मले ‘महान’ अभिनेताको रुपमा पाउने बताउँदै उनको ट्यालेन्टको प्रशंसा गरे । फिल्मभित्र यी दुईजना सम्धीको भूमिकामा प्रस्तुत हुँदैछन् ।

ठेगाना र प्रेमगीत २ फेम्ड निर्देशक रामशरण पाठकले यसपटक सोसल एवं कमेडी ड्रामा निर्देशन गर्दैछन् । ‘यसपटक समाजसँग सीधै कथावस्तु जोडिएको छ । ‘सदाचारको वकालत फिल्मले गर्नेछ’ उनले भने, ‘हामीले यसभित्र प्रेम र भ्रष्टाचारको प्रभाव र अन्तर्सम्बद्ध देखाउन लागेका छौं ।’

भ्रष्टाचारविरुद्ध प्रेम फिल्मको बटमलाइन राखिएको छ । सायद २ अभिनेता अमृत ढुंगाना, डेब्यु गर्ल करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्दैछन् । रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायत छन् ।

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ । युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् ।दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । काठमाडौं र पोखरामा सुट गरिने फिल्मको सेड्युल झन्डै एक महिनाको हुने जानकारी निर्देशक पाठकले दिए ।