नेपाल भन्दा पहिला जापानमा ‘सायद २’

नेपाल भन्दा पहिला जापानमा ‘सायद २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० मा नेपाल प्रदर्शन हुने फिल्म ‘सायद २’ मे १४ मा जापान प्रदर्शन हुने भएको छ । जापान प्रिमिएरको लागि अहिले सम्पूर्ण तयारी पुरा भैसकेको निर्माण युनिटले बताएको छ । टोकियोस्थित नाकानो जिरो हलमा गरिने भब्य प्रिमिएरमा नेपालबाट प्रस्तुतकर्ता दुर्गिस थापा, निर्माता सुनिल रावल, अभिनेता सुशील श्रेष्ठ, संचारकर्मी श्याम अर्याल  र सचित खड्का उपस्थित हुनेछन ।

फिल्मको प्रिमिएरबाट उठेको रकम जापानस्थित सुदुरपश्चिमका जेहेन्दार विद्द्यार्थीहरुलाई प्रदान गरिने निर्माता ईश्वर श्रेष्ठले जानकारी दिएका छन् । युवापुस्ताको प्रेमकथा बोल्ने फिल्मलाई प्रिमिएरमा रुचाइने निर्माण युनिटले आशा गरेको छ । पुष्पराज न्यौपानेको लेखन/ निर्देशन रहेको फिल्ममा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगर लगायतका कलाकारको अभिनय छ ।

‘सायद २’मा राजुविक्रम थापाको छायांकन , अष्ट महर्जनको द्वन्द, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन छ ।