मनाङमा पोखियो सुशील र स्यारोनको पहिलो प्रेम ! (भिडियो)

मनाङमा पोखियो सुशील र स्यारोनको पहिलो प्रेम ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० मा प्रदर्शन हुने सिनेमा ‘सायद २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘पहिलो प्रेम’ बोलको गीतमा कलाकार सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ प्रस्तुत भएका छन् । मनाङमा छायाँकन गरिएको भिडियोमा दृश्यहरु फ्रेस देखिन्छन ।

सुशान्त प्रजापतिले खिचेको गीतमा सुगम पोखरेलको शब्द/संगीत र स्वर समावेश छ । गीतको अडियोलाई यसअघि नै रुचाइएको थियो । गीतमा विक्रम स्वाँरले कोरियोग्राफी पस्केका छन् । दुर्गिस फिल्मसको व्यानरमा सिनेमालाई सुनिल रावलले निर्माण गरेका हुन् ।

पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको सिनेमामा सुशिल र स्यारोनसँगै अमृत ढुंगाना, सुशिल सिटौला लगायतको अभिनय रहेको छ ।