दीपेन्दको नयाँ सिनेमामा सौगात !

दीपेन्दको नयाँ सिनेमामा सौगात !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यसै वर्ष ‘घामपानी’ सिनेमाबाट सिने पत्रकार तथा समिक्षक दीपेन्द लामाले निर्देशनमा डेब्यु गरे । सिनेमालाई दर्शकले रुचाए ।

पहिलो सिनेमा रिलिज भएको केहि महिनामै दिपेन्द्रले नयाँ सिनेमा निर्माणको थालनी गरेका छन् । उनले निर्देशन गर्ने अनटाइटल प्रोजेक्टका लागि सौगात मल्ल फाईनल भएका छन् । तिहार पछी छायाँकनमा उत्रिने सिनेमालाई आगामी वर्ष रिलिज गर्ने दीपेन्दको लक्ष्य छ ।

म्युजिकल ह्युमरस कमेडी रहने सिनेमाले मातृभुमिको कथा बोल्नेछ । ‘मातृभुमिमै बसेर पनि केहि गर्न सकिन्छ र एक पटकको जीवनमा मातृभुमिमै रम्नुपर्छ भन्ने संदेश सिनेमाले बोकेको छ । साथै हिन्दु पौराणिक बाहुन समुदायसँग सिनेमाको कथा जोडिने छ ।’ निर्देशकले जानकारी दिए ।

सिनेमामा स्क्रिप्ट सामिप्यराज तिमल्सिनाको रहनेछ । सिनेमाको लागि अन्य प्राविधिक र कलाकार छिट्टैनै तय हुने निर्देशक दीपेन्द लामा बताउछन् ।