‘स्क्रिप्ट र भूमिका दमदार भए सृष्टिसँगको पेयरिङ सम्भव छ’

‘स्क्रिप्ट र भूमिका दमदार भए सृष्टिसँगको पेयरिङ सम्भव छ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सौगात मल्ल स्टारर सिनेमा ‘पन्चेबाजा’ फागुन ११ मा रिलिज हुदैछ । पछिल्लो समय सौगात अभिनित सिनेमा बक्सअफिसमा असफल भैरहेको अवस्था ‘पन्चेबाजा’को सफलता अपरिहार्य छ ।

त्यसैले पनि होला सौगात यो सिनेमाको प्रचारमा भ्याएसम्म खटिएका छन् । सौगातको पछिल्लो रिलिज ‘लालपुर्जा’ले बक्सअफिस र समिक्षक दुवै नजरमा फेल खायो । जुन सिनेमामा सौगात र मिरुना मगरको मुख्य भूमिका थियो । भने, सृष्टि श्रेष्ठको केमियो । प्राय: अभिनेत्रीसँग बक्सअफिसमा फेल खाएका सौगातको प्रेमिका सृष्टिसँगको पेयरिङले बक्सअफिसमा सकारात्मक नतिजा ल्याउने केहि निर्माता/निर्देशकहरुको अनुमान छ ।

पछिल्लो समय सौगात र सृष्टिलाई धेरै निर्माताहरुबाट अफर आईरहेको कुरा बाहिरिए पछी यी दुई तिर मिडियाको ध्यान केन्द्रित भएको छ । बिहिबार आयोजित ‘पन्चेबाजा’को प्रेसमिटमा मिडियाले यी दुईको पेयरिङ सम्भावनाको बारेमा प्रश्न गर्दा सौगातले सृष्टिसँग सिनेमा गर्न इच्छुक रहेको बताए ।

उनले भने ‘अफर त आईरहेको छ । तर, हामि राम्रो स्क्रिप्ट, दमदार भूमिकाको पर्खाइमा छौं । यदि कसैले राम्रो कथा र प्रस्तुति दिन सक्छ भने हामि स्क्रिन शेयर गर्न तयार छौ ।’

सामाजिक कथामा निर्माण भएको ‘पन्चेबाजा’को स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । भने, घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सिनेमामा सौगातका अलावा कर्मा, बुद्दी तामाङ, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, बिमला गिरी, राजेश शाही, युवराज भण्डारी, तेज गिरी लगायतको कलाकारको अभिनय छ ।

न्यु भेनस फिल्मस्को व्यानरमा निर्मित सिनेमामा राजेश शाहीको लगानी रहेको छ । सारा गुरुङ सहनिर्माता रहेको सिनेमामा हरि घले लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन, कालीप्रसाद बाँस्कोटा/बिकाश चौधरीको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।