सत्रु गते’को शुभमुहर्त, यसै हप्ता विरगञ्जबाट छायाँकन सुरु

सत्रु गते’को शुभमुहर्त, यसै हप्ता विरगञ्जबाट छायाँकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘सत्रु गते’को शुभमुहर्त गरिएको छ । सोमबार कमलादी गणेश मन्दिरमा सिनेमाको शुभमुहर्त गरिएको हो । मह सञ्चारको प्रस्तुतिमा किरण केसीले निर्माण गर्न लागेको सिनेमालाई प्रदिप भट्टराईले निर्देशन गर्दै छन् । प्रदिपले यस अघि सिनेमा ‘जात्रा’ निर्देशन गरेका थिए ।

शुभमुहर्त कार्यक्रममा उपस्थित कलाकारले क्यामेरा पुजा गर्दै राम्रो टिम अनि राम्रो कथावस्तु भएकाले सिनेमा राम्रो बन्नेमा विश्वस्त रहेको बताए । यसै हप्ता विरगञ्जबाट छायाँकन सुरु गरिने बाइएको फिल्मको प्रदर्शन मिति चैत ९ गतेलाई तय गरिएको छ ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । कमेडी जनरामा निर्माण हुने सिनेमाको छायाँकन ५० दिनमा सक्ने निर्माण पक्षको योजना छ ।