बाबु सैफसँग सिनेमा खेल्न मानिनन् साराले !

बाबु सैफसँग सिनेमा खेल्न मानिनन् साराले !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अभिनेता सैफ अली खान पहिलो पटक आफ्नी छोरी सारा अली खानसँग स्क्रिन सेयर गर्ने तयारीमा थिए । साराको अहिलेसम्म एउटा पनि सिनेमा प्रर्दशनमा आएका छैनन् । सारा अहिले नै आफुलाई स्टार ठान्न थालेकी छन् ।

साराले अभिनय गरेको पहिलो सिनेमा ‘केदारनाथ’ कहिले प्रर्दशन हुन्छ अत्तोपत्तो छैन् । यो सिनेमा अहिले निकै विवादमा रुमल्लिएको छ । जसले गर्दा निर्माण टिमले सिनेमाको प्रदर्शन समेत स्थगित गरिसकेको छ । उनै सारा अहिले आफ्नो दोस्रो सिनेमा ‘सिम्बा’को छायांकनमा व्यस्त छिन् । ‘सिम्बा’मा सारा रणबीर सिंहको अपोजीटमा प्रस्तुत भएकी छिन् ।

‘सिम्बा’पछि साराले बाबु सैफ अली खानसँग सिनेमा खेल्ने चर्चा बलिउड मिडियामा भैरहेको थियो । तर पछिल्लो खबर अनुसार साराले सिनेमाबाट हात झिकेकी छिन् । यो सिनेमामा सैफ र सारालाई बाबु छोरी कै रोलमा अफर गरिएको थियो । छोरीसँग सिनेमा खेल्ने कुराले सैफ निकै उत्साहित थिए । तर साराले खै किन हो यो सिनेमा खेल्न मानिनन् । छोरीले आफूसँग सिनेमा खेल्न नमान्दा सैफ अचम्भित बनेका छन् । अब उनले पनि यो सिनेमा छोड्न सक्ने अनुमान गरिएको छ । छोरीकै लागि उनले यो सिनेमा खेल्ने मुड बनाएका थिए ।

गत वर्ष प्रदर्शित सिनेमा ‘हिन्दी मिडियम’ को सिक्वेल हो । यसको सुटिङ अर्को वर्ष लन्डनमा सुरु हुनेछ । साराले खेल्न नमानेपछि निर्देशक नयाँ हिरोइनको खोजीमा लागेका छन् ।