‘सरक्षण’: सौगात र अशिष्माको प्रेमकथा सार्वजनिक ! (भिडियो)

‘सरक्षण’: सौगात र अशिष्माको प्रेमकथा सार्वजनिक ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ। साउन २७ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘सरक्षण’को नयाँ गीत सार्वजनिक भएको छ । ‘सम्झनाको सारंगी’ बोलको गीतमा सौगात मल्ल र अशिष्मा नकर्मी प्रस्तुत भएका छन् ।

सिनेमामा प्रहरीको भूमिकामा प्रस्तुत भएका सौगात र अशिष्मा पति-पत्नी रहेको गीतबाट महसुस गर्न सकिन्छ । धिरेन्द्र प्रेमर्षीको शब्दलाई प्रवेश मल्लिकको संगीत निर्देशनमा स्वरूपराज आचार्यले यो गीतमा स्वर दिएका छन् ।

यसअघि सिनेमाको एक ट्रेलर र दुई गीत सार्वजनिक गरिसकेको निर्माण युनिटले राजधानीमा प्रेसमिट गरेर यो गीत सार्वजनीक गरेको हो । साथै पुर्णेन्दु झा निर्देशित सिनेमाको दोस्रो ट्रेलर केहि दिनमा सार्वजनिक गर्ने प्रेसमिटबाट जानकारी दिइयो ।

मधेसको मुद्दालाई उठान गरिएको सिनेमामा नरेन्द्र महर्जन, प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहको संयुक्त लगानी छ । सिनेमामा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ ।