२१ स्टेसनमा रिलिज स्थगन गरिएको ‘संरक्षण’को व्यापारिक रिपोर्ट कस्तो ?

२१ स्टेसनमा रिलिज स्थगन गरिएको ‘संरक्षण’को व्यापारिक रिपोर्ट कस्तो ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘संरक्षण’ले घरेलु बक्सअफिसमा सुखद सुरुवात गरेको छ । वर्षाका कारण सिनेमाको तराई बक्सअफिसमा अवरोध पुगे पनि पहाडी स्टेसनमा रिलिज भएका हलमा शुक्रबार र शनिबार हाउसफुलको व्यापार गरेको निर्माता प्रदीपकुमार उदयले जानकारी दिए ।

सिनेमा मल्टीप्लेक्स र सिंगल थ्रियटरमा राम्रो अकुपेन्सीका साथ प्रदर्शन भैरहेको छ । मुख्य गरेर पूर्वी तराईका विर्तामोड, दमक, विराटनगर, जनकपूर, राजविराज लगायत देश  भरका २१ स्टेसनमा सिनेमा रिलिज स्थगित गरिएको छ । जहाँ जहाँ सिनेमा रिलिज भएको छ,  त्यहाँ दर्शकको उपस्थिति राम्रो छ । र  दर्शकले सिनेमालाई अत्याधिक रुचाएका छन् । आगामी दिनमा माउथ पब्लिसिटीले   दर्शकको संख्या   बढ्न सक्ने आशा छ । निर्माता उदयले बताए ।

पूर्णेन्दु झा निर्देशित सिनेमाले तराई पृष्ठभूमिबाट राजनीतिक कथा वाचन गरेको छ । रिलिज अगाडी गरिएको प्रिमियर र प्रेस शोबाट सिनेमालाई उत्साहजनक प्रतिक्रिया मिलेको थियो । सिनेमामा सौगात मल्ल, निखिल उप्रेती, प्रमोद अग्रहरी, मलिना जोशी, निर शाह, अशिष्मा नकर्मी, कामेश्वर चौरसिया, रमेश रंजन झा, रमेश बुढाथोकी लगायतका कलाकारको मुख्य भूमिका छ ।

नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहको लगानी रहेको सिनेमामा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र हिमाल केसीको द्धन्द्ध निर्देशन छ ।