यो पहाडको मधेसिया हो, या तराईको पहाडिया ? ‘संरक्षण’ ट्रेलर (भिडियो)

यो पहाडको मधेसिया हो, या तराईको पहाडिया ? ‘संरक्षण’ ट्रेलर (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सौगात मल्ल, निखिल उप्रेती स्टारर सिनेमा ‘संरक्षण’को ट्रेलर रिलिज गरिएको छ । युट्युबमा रिलिज गरिएको ट्रेलरसँगै सिनेमाको अफिसियल रिलिज डेट पनि फाईनल गरिएको छ ।

अब सिनेमा साउन २७ गते रिलिज हुनेछ । यसअघि साउन १३ लाई रिलिज मिति तोकेको सिनेमाले उक्त मितिमा दुई बिग बजेटका सिनेमा रिलिज हुने भएपछी आफ्नो मिति दुई साता पर सारेको हो। पहिले साउन २० मा आउँने भनेको ‘रुद्र’ साउन १३ मा पुगेको थियो । त्यो मितिमा पहिले देखि नै ‘प्रेमगीत २’ले झण्डा गाडीसकेको थियो ।

साउन २० र २७ को डेटमा बलिउड स्टारका सिनेमा रिलिज हुने भएपछी यी दुई मिति नेपाली सिनेमाको लागि खाली थिए । अब साउन २७ को खालि ठाउँ भरिएको छ । पुर्नेंदु झा निर्देशित ‘संरक्षण’ले मधेशको कथा बोल्छ ।

सिनेमामा हिमाल केसीको एक्सन, पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी, कविराज गहतराजको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन, रमेश रनजन र निर्देशकको पटकथा छ ।

नरेन्द्र महर्जन, प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहेको सिनेमामा निखिल उप्रेती, सौगात मल्ल, रमेश रनजन, मलिना जोशी, अशिश्मा नकर्मी, प्रमोद अग्रहरि, निर शाह, नन्दु श्रीवास्तव लगायतका कलाकारको अभिनय छ ।