मल्टीस्टारर ‘संरक्षण’लाई पिजी सर्टिफिकेट !

मल्टीस्टारर ‘संरक्षण’लाई पिजी सर्टिफिकेट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साउन २७ गते प्रदर्शन हुने सिनेमा ‘संरक्षण’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ । अब यो सिनेमालाई १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको निगरानीमा हेर्नु पर्नेछ ।

मधेश राजनीतिको विषयबस्तुमा बनेको यो सिनेमाका कुनै पनि दृश्य हटाइएका छैनन् । केहि शब्दहरु भने म्युट गर्नु पर्ने सेन्सर बोर्डको आदेश छ । सेन्सरको क्रममा सिनेमा हेरेका सबैले उकृष्ट सिनेमा हेर्न पाएको बताएको निर्माता मध्येका एक नरेन्द्र महर्जनले जानकारी दिए ।

पुर्णेन्दु झा निर्देशित सिनेमामा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । सिनेमामा  प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाह लगायतको पनि लगानी छ ।