‘सन्जु’ टिजर रिलिज, रणवीरका ६ अवतार

‘सन्जु’ टिजर रिलिज, रणवीरका ६ अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रणवीर कपूर स्टारर सिनेमा ‘सन्जु – वान म्यान मेनी लाइभ्स’को टिजर सार्वजनिक भएको छ । राजकुमार हिरानी निर्देशित सिनेमा बलिउड सुपरस्टार संजय दत्तको जीवनीमा आधारित छ ।

निर्माण घोषणा भएदेखि नै अत्याधिक चर्चामा रहेको सिनेमामा रणवीर, संजय अर्थात सन्जुको जीवनका ६ अवतारमा देखा परेका छन् । बलिउडमा अभिनय क्षमताबाट चिनिएका रणवीरको टिजरमा देखिएको अवतार र अभिनयले पुन: एक पटक उनलाई चर्चाको उचाईमा पुर्याउनेमा दुई मत छैन ।

एक जन्ममा थुप्रै जीवन जिएका संजयलाई ‘सन्जु’ भनेर पनि सम्बोधन गरिन्छ । सन्जुका सायदैले नदेखेका अवतारहरु टिजरमा हाइलाइट गरिएको छ । जसले गर्दा सिनेमाप्रति दर्शकको उत्सुकता अझ बढ्न मद्दत पुग्नेछ ।

सिनेमामा रणवीरका अलावा सोनम कपूर, मनिषा कोइराला, अनुष्का शर्मा, परेश रावल, करिश्मा टन्ना, जिम शर्भ लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा जुन २९ मा रिलिज हुदैछ ।