आमिरको सिनेमाबाट डेब्यु गर्नु नै ठुलो भूल !

आमिरको सिनेमाबाट डेब्यु गर्नु नै ठुलो भूल !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सनाया इरानी टेलिभिजनको पर्दामा काफी चर्चित छिन् । हिन्दी सिरियलको दुनियाँमा छुट्टै पहिचान बनाएकी सनाया बलिउडमा भने जम्न सकिनन् ।

हुनत यी अभिनेत्रीले आमिर खानको लोकप्रिय सिनेमा ‘फना’बाट सहायक भूमिकामा डेब्यु गरेकी थिइन् । पहिलो सिनेमाबाट नोटिस हुन् नसकेपछी सनाया टेलिभिजनको पर्दामा जम्न थालिन् । बलिउडमा अनलक्की मानिएकी सनाया टेलिभिजनमा भने सुपरस्टार भएर चम्कीइन । पहिलो सिनेमा सफल भएपनि उनको छोटो भूमिका खासै नोटिस भएन ।

सनाया ‘फना’बाट डेब्यु गर्नुलाई आफ्नो करियर सबैभन्दा ठुलो भूल मान्छिन । एक अन्तर्वार्ताका क्रममा सनायाले ‘फना’लाई आफ्नो करियरको ठुलो भूल भएको बताइन । उनलाई ‘फना’ सिनेमा पछी ४-५ ओटा सिनेमामा सहायक भूमिकाका लागि अफर पनि आएका थिए । तर, ‘फना’बाट प्रभाव छोड्न नसकेकी सनायाले बाँकी सिनेमाको अफर लिईनन । अन्तमा गएर ति सबै सिनेमा हिट भए ।

त्यसैले उनि आफै पनि बलिउडका लागि अनलक्की मान्छिन । सनायाले ‘फना’ पश्चात कुनै पनि बलिउड सिनेमामा काम गरेकी छैनन् । टेलिभिजनमा भने उनि निरन्तर लागि परेकी छन् ।