प्रिमियरमा ‘संरक्षण’ को तारिफ

प्रिमियरमा ‘संरक्षण’ को तारिफ

द सिनेमा टाइम्स
0
Shares

यही शुक्रबार साउन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘संरक्षण’ को बुधबार चितवनमा प्रिमियर गरिएको छ । जल्मा हलमा गरिएको मल्टीस्टारर फिल्मको रेड कार्पेट प्रिमियरमा नायिकाद्वय मलिना जोशी र अशिष्मा नकर्मी,  निर्माताद्वाय प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुसान्त श्रेष्ठ लगायत उपथिती रहेको थियो ।

संरक्षणको प्रिमियरमा सहभागीले फिल्मको तारिफ गरेका छन् । तराईको राजनीतिलाई जस्ताको त्यस्तै पर्दामा उतारिएको प्रिमियरमा सहभागीको भनाई छ । फिल्ममा निखिल उप्रेती र सौगात मल्ल, रमेश रंजन झा, मलिना, अशिष्मा, प्रमोद, राज, रेखा शाह लगायतको अभिनय रहेको छ । सौगात र निखिल भने चितवनको प्रिमियरमा सहभागी भएनन् । परवेश मल्लिकको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘संरक्षण’ मा हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको छ ।