सलिनको तस्विर हेरेरै ‘एस’ भनेकी थिइन् साम्राज्ञीले ! (भिडियो)

सलिनको तस्विर हेरेरै ‘एस’ भनेकी थिइन् साम्राज्ञीले ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली दर्शक माँझ छोटो समयमै लोकप्रिय भएकी अभिनेत्री हुन् । दोस्रो सिनेमा रिलिजको सँघारमा हुँदा साम्राज्ञीको चर्चा सिने वृतमा खुबै छ ।

डेब्यु सिनेमामा अनमोल केसीसँग स्क्रिन शेयर गरेकी यी अभिनेत्रीले दोस्रो सिनेमा ‘ए मेरो हजुर २’मा सलिनमान बानियाँसँग जोडी बाँधेकी छन् । ट्रेलर र गीतबाट दर्शक माँझ देखिसकेको यो जोडीले एक किसिमको छाप छोडीसकेको छ ।

साथै ‘ए मेरो हजर २’बाट नेपाली सिनेमामा डेब्यु गर्दै गरेका सलिनमानलाई दर्शकले राइजिङ स्टारको ट्याग भिराईसकेका छन् । सिनेमा रिलिज नहुँदै दर्शकको रोजाई परेका यी ह्याण्डसम ठिटोलाई ‘ए मेरो हजर २’मा साम्राज्ञीसँग जोडी जमाउँने अवसर कसरि मिल्यो त ?

नेपाली सिनेमाकी लोकप्रिय अभिनेत्री झरना थापा निर्देशनमा डेब्यु गर्ने योजनामा थिइन् । त्यो पनि ब्लकबस्टर सिनेमा ‘ए मेरो हजुर’को सिक्वेलबाट । यसको लागि झरनाले साम्राज्ञीलाई अनुबन्धित गरिसकेकी थिइन् । बोल्ड एण्ड ब्युटी साम्राज्ञीको अपोजिट एक आकर्षक अनुहारको खोजि थियो । साम्राज्ञीलाई झरनाले थुप्रै युवाहरुको तस्विर देखाईसकेकी थिइन् । सिनेमाको कथा अनुसार आकर्षक अनुहार फेला नपार्दा ‘ए मेरो हजुर २’ छायाँकनको लागि धेरै ढिला भैरहेको थियो ।

अन्तत: सलिनको तस्विर झरनाको हातमा पर्यो । झरनाले सम्वन्धित व्यक्तिसँग सलिनको बारेमा जानकारी लिईसकेकी थिइन् । सिनेमाको टिमसँग साथिको जस्तो व्यवहार गर्ने झरनाले साम्राज्ञीलाई पनि तस्विर देखाईन । तस्विर हेर्न वितिक्कै साम्राज्ञीले ‘एस’ भनिदिईन । किनकी साम्राज्ञीले एसअघि एक फेसन विकमा सलिनको ट्यालेन्ट देखिसकेकी थिइन् ।

नतिजामा झरनाको छनोटलाई दर्शकले मन पराएका छन् । सुनिलकुमार थापाको लगानीमा निर्मित ‘ए मेरो हजुर २’ वर्षकै प्रतिक्षित सिनेमा हो । यो सिनेमामा सलिन र साम्राज्ञीका अलावा सलोन बस्नेत, अनुभव रेग्मी, विल्सनविक्रम राई, अम्बर सुवेदी, सुमन पौडेल, बुद्दी तामाङ, अनुवर कुँवर लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

सिनेमामा बसन्त सापकोटा/कल्याण सिंहको संगीत, संजय लामाको सिनेम्याटोग्राफी, रोशन श्रेष्ठको द्वन्द रहेको छ । सिनेमा यहिँ भदौ १६ गते अलनेपाल रिलिज हुदैछ ।