पुनमको नयाँ सिनेमामा साम्राज्ञी फाइनल !

पुनमको नयाँ सिनेमामा साम्राज्ञी फाइनल !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक नवल नेपालको निर्देशन रहने नयाँ सिनेमामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छन् । यहि सिनेमाको लागी केहि समय पहिले नायिका दीपिका प्रसाई फाइनल भएको चर्चा चलेको थियो । तर निर्देशक नवल नेपालले नै सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो सिनेमामा दीपिका फाईनल नभएको पुष्टि गरेका थिए ।

निर्मात्री पुनम गौतमको निर्माण रहने सिनेमामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएसँगै उनको जोडी नायक पुष्प खड्कासँग बाँधिने पक्का भएको हो । नायक पुष्प खड्का र नायिका रेविका गुरुङ भने यो सिनेमाको लागी पहिले नै फाइनल भैसकेका थिए । निर्माण टिमका अनुसार सिनेमामा नायिका साम्रज्ञीलाई मंहगो पारिश्रमिकमा अनुबन्धित गरिएको हो ।

सिनेमाको कथावस्तु आफूले अहिलेसम्म गरेको र सुनेको भन्दा विल्कुलै फरक रहेकाले काम गर्न उत्साहित भएको साम्राज्ञीले बताएकी छिन् । सिनेमाको कथा सुन्ने वित्तिकै साम्राज्ञी काम गर्न तयार रहेको वुझिएको छ । माघको तेश्रो साताबाट छायांकन प्रारम्भ हुने सिनेमाले ३ साथीको कथालाई भन्नेछ । ‘अझै पनि’ निर्माण गरेर नेपाली सिनेमाको निर्माणमा अगाडि बढेकी पूनमले यो सिनेमालाई ठूलो क्यानभासमा बनाउने तयारी गरेको बताइन् । सिनेमामा संजय लामाको छायांकन रहनेछ ।