कन्फर्म: साम्राज्ञीले ‘भैरवी’मा अभिनय गर्नेछैनन् !

कन्फर्म: साम्राज्ञीले ‘भैरवी’मा अभिनय गर्नेछैनन् !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अहिलेकी सर्वाधिक चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुई सिनेमामा अभिनय गर्ने खबरहरु केहि मिडियाहरुमा आईरहेका छन् ।

आर्यन सिग्देलसँगको ‘कायरा’ र प्रदीप खड्कासँगको ‘भैरवी’ । तर, स्रोतका अनुसार साम्राज्ञीले यी दुई सिनेमा मध्ये ‘कायरा’ मा   मात्र अभिनय गर्नेछिन । दिनेश राउतले निर्देशन गर्ने ‘भैरवी’का लागि साम्राज्ञीलाई खेलाउन कुरा भएपनि यो सिनेमामा  साम्राज्ञीले अभिनय गर्नेछैनन् ।’

आर्यन सिग्देलले आफ्नै होमप्रोडक्सनबाट बनाउन लागेको ‘कायरा’ भने साम्राज्ञी फाईनल भैसकेकी छन् । आर्यन सिग्देलसँग साम्राज्ञी पहिले देखि नै अभिनय गर्न चाहन्थिन । र, यो चाहना ‘कायरा’ले पुरा गरिदिएको छ ।