सलमानको ‘ट्युबलाइट’लाई १ अर्व !

सलमानको ‘ट्युबलाइट’लाई १ अर्व !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सलमान खान स्टारर सिनेमा ‘ट्युबलाइट’ले भारतीय बक्सअफिसमा १ अर्व (सय करोड) भारुको व्यापार गर्न सफल भएको । सिनेमाले छैटौ दिनमा १० करोडको नेट कलेक्सन गर्दै सय करोड क्लबमा इन्ट्री गर्यो ।

यो सलमानको सय करोड कमाउने ११औ सिनेमा हो । समिक्षकबाट सामान्य प्रतिक्रिया पाए पनि सलमानको यो सिनेमाले सय करोड क्लबको ‘अनबिटन’ लयलाई कायम गरेको छ ।

२०१२ मा रिलिज भएको ‘दबंग’ पछाडी सलमानका १० सिनेमाले बक्सअफिसमा सय करोड माथिको व्यापार कायम राखेका छन् । दबंग, रेडी, बडीगार्ड, दबंग २, एक था टाइगर, जय हो, किक, बजरंगी भाइजान, प्रेम रतन धन पायो र सुल्तान सलमानका पछिल्ला सय करोड कमाउने सिनेमा हुन् ।

कबिर खान निर्देशित सिनेमा सय करोडको बजेटमा निर्माण भएको हो । यो सिनेमाले हिटको ट्याग पाउन १ सय ६० करोड माथिको व्यापार गर्नु पर्नेछ ।