किन प्रतिक्षित बन्दैछ सलमानको ‘ट्युबलाईट’ ?, (टिजर)

किन प्रतिक्षित बन्दैछ सलमानको ‘ट्युबलाईट’ ?, (टिजर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता सलमान खानका फिल्म त्यतिकै पनि प्रतिक्षित हुन्छन । तर, यसपटक सलमानको ‘ट्युबलाईट’लाई बलिउड मिडियाहरुले प्रथामिकताका साथ हेरिरहेका छन् । किनकी, फिल्म ‘बाहुबली २’ले बलिउड फिल्मको भन्दा पनि राम्रो व्यापार गरिरहेको छ । भारतीय फिल्मका सबै रेकर्ड १ हप्तामै तोडीदिएको छ ।

भारतीय सिनेमाको इतिहासमा १ नम्बरमा रहेको बलिउड अब दक्षिण भारतीय फिल्म भन्दा पछाडी परेको छ । यसले कतै भारतमा दक्षिण भारतीय फिल्मको दबदबा सिर्जना हुने त होइन ? भन्ने प्रश्न उब्जाएको छ ।

त्यसैले पनि भारतमा सर्वाधिक स्टारडम भएका सलमानका फिल्मलाई बलिउडका मिडियाहरुले प्रथामिकता दिईरहेका छन् । फिल्मको टिजर रिलिज भएसंगै केहि मिडियाहरुले ‘बाहुबली २’को रेकर्ड ‘ट्युबलाईट’ तोड्न सक्ला त ? भन्ने प्रश्न पनि तेर्स्याईरहेका छन् ।

यो फिल्मलाई सलमान खानले आफ्नै फिल्मी व्यानरबाट निर्माण गरेका हुन् । फिल्मले सन् १९६२ को भारत-चिनको युद्दको कथा प्रस्तुत गर्छ । युद्दमा हराएको भाईको खोजीमा निक्लदाको यात्रालाई फिल्ममा रोचक ढंगबाट प्रस्तुत गरिएको बताइएको छ । सलमान खान र सोहिल खानको मुख्य भूमिका रहेको फिल्मको सिनेम्याटोग्राफीलाई अत्याधिक रुचाइएको छ । काबिर खान निर्देशित फिल्म २३ जुनमा इदको अवसर पारेर रिलिज हुदैछ ।