सलिनमानद्वारा जलजलालाई सहयोग

सलिनमानद्वारा जलजलालाई सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘ए मेरो हजुर २’ टिमले सुहाना इन्टरटेनमेन्ट मार्फत उपचाररत गायिका जलजला परियारलाई ७६ हजार नगद सहयोग गरेको छ । विहिबार सिनेमाका मुख्य कलाकार सलिनमान बनियाँ र निर्माता सुनिलकुमार थापाले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर जलजलालाई रकम हस्तान्तरण गरे ।

७६ हजार मध्ये ५१ हजार ‘ए मेरो हजुर २’को वेल्जियमस्थित बुर्गे प्रदर्शनबाट संकलन भएको हो । जुन रकम एभरेस्ट नेपाली समाजले उपलव्ध गराएको हो । भने, बाँकि २५ हजार रकम अमेरिका निवासी मुकेश सुवेदीले ‘मुकेश सुवेदी फाउन्डेशन’द्वारा सहयोग गरेका हुन् ।

नेपाल प्रदर्शनबाट सफलता हाँसिल गरिसकेको ‘ए मेरो हजुर २’ले विदेशका अन्य प्रदर्शनको रकम विभिन्न क्षेत्रमा समाजसेवा मार्फत खर्चिएको छ । झरना थापाको डेब्यु निर्देशन रहेको ‘ए मेरो हजुर २’मा सलिनमानका अलावा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलोन बस्नेत, अम्बर सुवेदी, बुद्दी तामाङ, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ ।