मगर जातिको संस्कारमा ‘साली कसको भेनाको’ !

मगर जातिको संस्कारमा ‘साली कसको भेनाको’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘कर्जा’, ‘कान्छी’ ‘सन्तान’ जस्ता सफल सिनेमा निर्माण गरिसकेका प्रसाद श्रेष्ठले ‘साली कसको भेनाको’ निर्माण गर्ने भएका छन् ।

विल्सनविक्रम राई, सुष्मा कार्की, मरिश्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतको अभिनय रहने सिनेमालाई भद्र भुजेलले निर्देशन गर्नेछन् । सिनेमाबाट नव-अभिनेता स्वरूप दीप सागरले डेब्यु गर्नेछन् ।

मगर जातिको संस्कारमा हुने साली-भेनाको सम्वन्धनै सिनेमाको मुख्य कथाबस्तु हो । माघ २ गते चितवनमा शुभमुर्हत गरेर छायाँकनमा उत्रिने सिनेमालाई दिर्घ गुरुङले खिच्नेछन् । सिनेमाको सम्पूर्ण छायाँकन चितवन र धम्पुसमा सकाइने छ ।

पुष्प आचार्यको कथा रहेको सिनेमामा प्रसाद श्रेष्ठ/सुरज शाही ठकुरी/मिन घलानको संगीत, बसन्त श्रेष्ठ/गम्भीर विष्ट/सुमित लामाको कोरियोग्राफी रहनेछ । भने, ‘साली कसको भेनाको’लाई सुनिलकुमार न्यात्स्यो, विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले संयुक्त रुपमा निर्माण गर्नेछन् ।