‘साली कस्को भेनाको’ ट्रेलर रिलिज

‘साली कस्को भेनाको’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अगामी भाद्र महिनामा रिलिज हुने सिनेमा साली कस्को भेनाको ट्रेलर रिलिज भएको छ । यो सिनेमा भाद्र २९ गतेबाट अल नेपाल रिलीज हुनेछ । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य कलाकार विल्सन विक्रम राई, मरिष्का पोखरेल, बुद्धि तामाङ, रजनी गुरुङ, सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायत फिचर्ड छन् ।

भद्र भुजेलले निर्देशन गरेको सिनेमामालाई पुराना निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेका हुन । उनका अलवा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको लगानी रहेको छ ।

सिनेमामा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत, बसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको कारियोग्राफी र बनिष शाहले सम्पादन गरेका छन् ।