शुक्रबारदेखि हलमा ‘सालि कस्को भेनाको’ सिगंल रिलिज

शुक्रबारदेखि हलमा ‘सालि कस्को भेनाको’ सिगंल रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आज शुक्रबार देखि ‘सालि कस्को भेनाको’ प्रदर्शनमा आएको छ । कमेडी जनरामा निर्माण भएको सिनेमालाई भद्र भुजेलले निर्देशन गरेका हुन् । मगर जातीको टिपिकल गाँउले परिवेशमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता पुराना निर्माता प्रसाद श्रेष्ठ हुन् ।

‘सालि कस्को भेनाको’मा विल्सन विक्रम राई, मरिष्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ, सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले संयुक्त रुपमा निर्माण गरेको सिनेमामा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत, बसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको कोरियोग्राफी रहेको छ । सिनेमामा सम्पादन बनिष शाहको रहेको छ ।