‘सेल्फिस’ गीत लेख्दा ढीन्चक पूजासँग सलमानको तुलना

‘सेल्फिस’ गीत लेख्दा ढीन्चक पूजासँग सलमानको तुलना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खानको ‘रेस ३’मा सामावेश रोमान्टिक गीत ‘सेल्फिस’ आफैले लेखेका हुन् । जुन गीत आतिफ आसलम र सलमानकी प्रेमिका यूलिया भंतुरले गाएका छन् ।

स्मरण: रहोस ‘रेस’ सिरिजका अघिल्ला दुई भागमा आतिफद्वारा गाइएका रोमान्टिक गीतलाई दर्शक, श्रोताले अत्याधिक रुचाएका थिए । त्यसै शिलशिलालाई निरन्तरता दिने क्रममा ‘रेस ३’का लागि पनि आसलमको स्वरमा एक रोमान्टिक गीत राखिएको थियो । जुन गीत प्रतिक्षित पनि थियो । तर पाँच दिन अगाडी सार्वजनिक भएको गीतले नकारात्मक कमेन्ट झेलिरहनु परेको छ ।

श्रोताले सलमानले लेखेका शब्दको धज्जी उडाएका छन् । कतिले त सामाजिक संजालमा सलमानको तुलना ‘ढीन्चक पूजा’सँग पनि गरेका छन् । कतिले सलमानले भन्दा ‘ढीन्चक पूजा’ले नै राम्रो गीत लेख्ने बताएका छन् । विशेषत: सिनेमाको पहिलो लाइन ‘एक बार बैबे सेल्फिस हो के आपने लिए जिओना’ धेरै आलोचित भएको छ ।

 

 

सलमानका एक फ्यान लेख्छन ‘म तपाईको ठुलो फ्यान हुँ, तर तपाई मात्र अभिनय गर्नुस, तपाईले असलम जस्तो गायकलाई बर्बाद गर्नु भयो । त्यसैमा युलियाको केहि जरुरत थिएन । कृपया भाइ. ‘सेल्फिस’ आतिफको सबैभन्दा कमजोर गीत हो । तपाईले कास्टिंग जस्तो चिज गर्न हुन्नथ्यो ।’

अर्का सामाजिक संजाल प्रयोगकर्ता लेख्छन ‘थाहा पाए की ‘सेल्फिस’ गीत सलमानले लेखेका हुन् । पहिला त उनि अभिनयमा जिरो थिए, अब लेखनमा पनि । यो वर्षको सबैभन्दा कमजोर गीत, के थाहा सिनेमा पनि यस्तै हो कि ?’ अर्का प्रयोगकर्ता लेख्छन ‘अब सलमानले कसरि ढीन्चक पूजाको मजाक उडाउलान ?’

 

उसो त केहि दिन अगाडी ‘रेस ३’को ट्रेलरलाई लिएर पनि मजाक र ट्रोल बनेका थिए । यस विषयमा बोल्दै सलमानले ‘२-४ जना फलोअर्स हुने मान्छे ट्रोलको शिकार बन्दैनन्’ भनेका थिए । ट्रेलरका अलावा डेजी शाहले बोलेको ‘आवर बिजनेश इस आवर बिजनेश, नन अफ यौर बिजनेश’ डाइलग पनि मजाक बनेको थियो ।

 

रेमो डिसुजा निर्देशित ‘रेस ३’ १५ जुनमा रिलिज हुँदैछ । सिनेमामा सलमान र डेजीका अलावा अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्नान्डिज, सकिब सलीम लगायतको अभिनय छ ।