सलमान नेपाल आउने समय, मिति कन्फर्म

सलमान नेपाल आउने समय, मिति कन्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सेलेब्रेटीका फ्यानका लागि खुसीको खबर छ । नेपालमा कन्सर्ट भर्न बलिउडका केहि चर्चित स्टारहरु नेपाल आउने पक्का भएको छ ।

नेपाल आउने कलाकारहरुमा सलमान खान, सोनाक्षी सिन्हा, प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श र मनिष रहेका छन् । फागुन २६ गते टुँडिखेलमा हुने कन्सर्टमा यी कलाकारले ५० हजार दर्शक झुमाउनेछन् । मनिषले कार्यक्रम होस्ट पनि गर्नेछन् ।

‘दबंग द टुर’ नाम दिईएको कन्सर्ट नेपालमा ओडिसी इन्टरटेनमेन्टले गर्न लागेको हो । यो कम्पनिले ७ वर्ष अगाडी क्यानेडियन पप गायक ब्रायन एडम्सलाई नेपाल ल्याएर सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम गरेको थियो ।

स्रोतका अनुसार सलमान दुई दिन नेपाल रहनेछन । फागुन २६ मा नेपाल ल्याण्ड गरेकै दिन साँझ ६-७ बजे तिर स्टेज चढ्नेछन् । भने, भोलि पल्ट २७ गते पशुपतिनाथको दर्शन तथा हेलिकप्टर मार्फत विश्वकै अग्लो चुचुरो सगरमाथा भ्रमण गराउने तयारी आयोजकले गरिरहेको छ ।

कन्सर्टका लागि ३ हजार देखि १० हजार मुल्यसम्मको टिकट उपलव्ध हुनेछ । ३ घण्टाको कन्सर्टमा करिब १५ करोड खर्च हुने आयोजकले जानकारी दिएको छ । सलमान सहित अन्य कलाकारलाई दिनुपर्ने पारिश्रमिक रकम आयोजकले राष्ट्र बैंकबाट साटीसकेको छ । केहि दिनमै सलमानका भाई सोहिल खान बस्ने प्रवन्धको बारेमा बुझ्न नेपाल आउनेछन् ।