सलमान सहित उनकी तीन हिरोइन नेपाल आउदै !

सलमान सहित उनकी तीन हिरोइन नेपाल आउदै !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई ओडिसी इन्टरटेनमेन्टले कन्सर्टका लागि नेपाल भित्र्याउन लागेको हो । ओडिसीले ७ वर्ष अगाडी क्यानेडियन पप गायक ब्रायन एडम्सलाई नेपाल ल्याएर सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम गरेको थियो ।

फागुन २६ गते टुँडिखेलमामा हुने ‘दबंग: द सलमान खान लाईभ इन नेपाल’ कन्सर्टमा यी अभिनेतासँगै ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श र प्रभु देवा नेपाल आउनेछन् । सम्भवत: बलिउड कलाकार भित्रिएको यो नै सर्वाधिक ठुलो कन्सर्ट हुनेछ ।

अहिले कन्सर्टको लागि प्रिप्रोडक्सन लगायत पारिश्रमिकका काम भैरहेका छन् । स्रोतका अनुसार सलमानका भाई सोहेल खान कन्सर्ट हुने ठाउँ, बस्ने होटेल र सुरक्षा लगायतका विषयमा बुझ्न यसै साता नेपाल आउदैछन् ।