सलमानको सिनेमाबाट जाहिरको डेब्यु

सलमानको सिनेमाबाट जाहिरको डेब्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान नयाँ प्रतिभालाई ब्रेक दिने अभिनेताको सुचिमा पर्छन । अथिया सेट्टी, सूरज पंचोली, डेजी शाह, जरिन खान र आफ्ना साखे ज्वाई आयुष शर्मालाई पनि ब्रेक दिईसकेका सलमानले अर्का एक युवकलाई बलिउडमा भित्र्याउदै छन् ।

सलमान खान फिल्मसको व्यानरमा बन्ने सिनेमामा जाहिर इकबालले डेब्यु गर्ने छन् । कस्मिरको एक प्रेमकथामा बन्ने अनटाइटल सिनेमामा सलमानसँगै मुरद खेतानी र आश्विन भर्देको पनि लगानी रहनेछ । सेप्टेम्बरबाट छायाँकनमा जाने सिनेमालाई नितिन कक्करले निर्देशन गर्ने छन् । जाहिरको डेब्युबारे सलमानले आफ्नो ट्वीटर अकाउन्टबाट जानकारी दिएका हुन् ।

 

सलमानका ज्वाई आयुषले डेब्यु गरेको ‘लभरात्री’ यहिँ वर्ष प्रदर्शनमा आउँदैछ । यसका अलावा सलमानको पनि लगानी रहेको ‘रेस ३’ १५ जुनमा रिलिज हुँदैछ । सलमानले आफ्नो व्यानरबाट ‘डा. कबि’, ‘बजरंगी भाइजान’, ‘हिरो’ र ‘ट्युबलाईट’ निर्माण गरिसकेका छन् ।