‘रेस ३’को कारण आमा कसम खानु पर्यो सलमानले

‘रेस ३’को कारण आमा कसम खानु पर्यो सलमानले

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको प्रतिक्षित सिनेमा ‘रेस ३’को ट्रेलर रिलिज भैसकेको छ । ट्रेलर रिलिज भएसँगै चौतर्फी रुपमा चर्चा कमाईरहँदा सलमानले भने ट्रेलरको लागि आमाको कसम खानु पर्यो ।

आखिर किन खाए त आमाको कसम सलमानले ? ‘रेस ३’को ट्रेलर मंगलबार रिलिज हुने खबर ५ दिन अगाडी नै सार्वजनिक भएको थियो । सलमान आफै पनि ट्वीटर अकाउन्टबाट सिनेमा ट्रेलर रिलिज सम्वन्धि ट्वीट गर्दै फ्यानलाई पर्खिन आग्रह गरेका थिए ।

 

र, १४ मेमा उनले ‘कल का मुझे थोडा डाउटफुल लग रहा’ ट्वीट गर्दै फ्यानलाई अलमलमा पारे ।

 

कतिले सोचेका थिए १५ तारिखमा ट्रेलर रिलिज हुने छैन । १५ तारिख ट्रेलर रिलिज हुनु भन्दा ५ घण्टा अगाडी फेरी यस्तो ट्वीट गरे ‘कल का जो डाउट था वो आज मुझे डाउटफुल लग रहा हे’ सलमानले यस्तो ट्वीट गरे पछी पुन: ट्रेलर कुरेर बसेका फ्यानमाझ हलचल पैदा भयो ।

त्यसको एक घण्टा पछी उनले ‘रेस’को ट्रेलर ट्वीट गरे । त्यसपछी ‘अरे रे रे’, ‘रुको’जस्ता ट्वीट गरे । जसले खुल्दुली अझ बढायो । पुन: ‘रेस २’को ट्रेलर ट्वीट गरे । त्यतिबेलासम्म फ्यान सायद चिन्तित भैसकेका थिए । एककछिनमा पुन: ट्वीट गरे ‘ओह ओह ओह’

 

अति नै भएपछी सलमानले आइएसटि समय अनुसार ट्रेलर ५.१५ रिलिज हुने जानकारी गराए । करिब १ घण्टाको प्रतिक्षा पश्चात पनि ट्रेलर रिलिज भएन । तोकिएको समय भन्दा ३० मिनेट बढी भएपछी सलमानले आमा कसमसहित ट्वीट गरे । ‘१…२… इन ५ मिनेट.. मा कसम !

 

अब मा कसम नै भनिसके पछी फ्यान अलि ढुक्क भए । नभन्दै ट्रेलर ५ मिनेटमै सार्वजनिक भएको ट्वीट गर्दै फ्यानहरु प्रतिक्षाको घडी रोकिदिए ।

बलिउडमा मात्र नभए नेपालमा पनि प्रतिक्षित सिनेमाको ट्रेलर तोकिएको समय भन्दा निक्कै ढिला सार्वजनिक हुने गरेका छन् । जसले प्रतिक्षा गरिरहेका दर्शक तथा फ्यानहरुलाई कम्त तनाब दिदैन ।