भन्सालीको कारण विनोद खन्ना पुत्रको बलिउड डेब्युमा ढिलाई

भन्सालीको कारण विनोद खन्ना पुत्रको बलिउड डेब्युमा ढिलाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड भेट्रान अभिनेता विनोद खन्नाका पुत्र साक्षी खन्ना यो बर्ष बलिउड डेब्यु गर्ने तयारीमा थिए । तर, उनको डेब्यु यो बर्ष नहुने भएको छ ।

उनको डेब्युको लागि सिनेमा ‘पद्मावती’ वाधक बनेको छ । कारण, उनले संजयलीला भन्सालीको लगानीमा बन्ने सिनेमाबाट डेब्यु गर्न आँटेका थिए । तर, भन्साली यो वर्ष पुरै ‘पद्मावती’मा व्यस्त हुने भएपछी तत्काललाई साक्षीको डेब्यु सरेको हो ।

अब ‘पद्मावती’ रिलिज पछी मात्र उनले भन्साली प्रोडक्सनबाट बलिउड डेब्यु गर्नेछन् ।

साक्षी विनोद खन्नाका तेस्रो पुत्र हुन् । खन्नाका दुई छोरा अक्षय खन्ना र राहुल खन्नाले बलिउडमा इन्ट्री गरिसकेका छन् ।