‘साइँली’को पहिलो गीत ‘नाच माया’ रिलिज (भिडियो)

‘साइँली’को पहिलो गीत ‘नाच माया’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चत्रै १५ गतेलाई प्रदर्शन मिती तय गरिएको सिनेमा ‘साइँली’को पहिलो गीत सार्वजनिक गरिएको छ । गायक तथा ‘साइँली’का निर्माता हेमन्त रानाको जन्मदिनको अवसर पारेर सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमामा समावेश ‘नाच माया…’ बोलको गीत गरिएको थियो ।

सिनेमाको सार्वजनिक गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द तथा गायक हेमन्त रानाको स्वर छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंहलाई फिचर्ड गरिएको छ । बैदेशीक रोजगारीको कथामा निर्माण भएको सिनेमालाई समाजिक कथावस्तुलाई पर्दामा उतार्न सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

यो सिनेमालाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

https://youtu.be/XSurIJbKv9Q