चैत्र १५लाई रिलिज डेट तोक्दै ‘साँइली’को फस्टलुक सार्वजनिक !

चैत्र १५लाई रिलिज डेट तोक्दै ‘साँइली’को फस्टलुक सार्वजनिक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र १५ गतेलाई रिलिज डेट तय गर्दै साँइलीको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको लेख निर्देशनमा तयार भएको सिनेमाको शिर्षक सार्वाधिक चर्चित गीत सुन साँइलीबाट सापटी लिइएको हो ।

यो सिनेमालाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।