गायक सत्यराज र मेनुका प्रधानको ‘साढे सात’ (ट्रेलर)

गायक सत्यराज र मेनुका प्रधानको ‘साढे सात’ (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । मङ्सिर १५ लाई रिलिज मिति तय गरेको सिनेमा ‘साढे सात’को ट्रेलर रिलिज भएको छ ।

राजधानीमा एक प्रेसमिट गर्दै गायक सत्यराज आचार्य अभिनित सिनेमाको ट्रेलर रिलिज गरियो । साम्तेन भुटियाको पटकथा/सम्पादन र निर्देशन रहेको सिनेमामा मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरसिया, सुप्रिया कट्टुवाल लगायतका कलाकारको अभिनय छ ।

नाकाबन्दीको समयमा एक पत्रकारले नियाएको नेपाली समाजलाई मुख्य विषयबस्तु बनाएको सिनेमा थ्रिलर जनाराको हो । सिनेमामा सत्य-स्वरूपको संगीत छ ।

‘साढे सात’को निर्माताहरुमा स्वरूपराज आचार्य, सत्यराज आचार्य, सुनिल थापा, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया रहेका छन् ।

https://youtu.be/Uv0cX5M1yAE