सडकको सिक्वेलमा आलियासँग रणवीर ?

सडकको सिक्वेलमा आलियासँग रणवीर ?

द सिनेमा टाइम्स
0
Shares

बलिउडको हिट सिनेमा ‘सडक’ को सिक्वेल बन्ने भएको छ।  सन् १९९१ को डिसेम्बर २० मा रिलिज भएको सिनेमा सडकलाई दर्शकले रुचाएका थिए।  संजय दत्त , पुजा भट्ट र दीपक तिजोरी अभिनित सिनेमाको सिक्वेललाइ पनि भट्ट परिवारले नै निर्माण गर्ने भएका छन्।  महेश भट्ट र विशेष फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमालाई महेशले निर्देशन गर्ने चर्चा छ।

सिनेमाको रिलिज डेट १५ नोभेम्बर २०१९ लाई तय गरिएको छ तर कलाकार बारे केहि खुलाइएको छैन।  भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने सिनेमामा आलिया भट्ट एक महत्वपूर्ण भूमिकामा हुनेछिन भने उनिसँगै रणवीर कपूर पनि देखिनेछन्।  पछिल्लो समय रणवीर आलियासँग देखिने गरेकाछन् भने उनलाई भट्ट हाउसमा स्पोट पनि गरिएको थियो ।

पछिल्लो समय रणवीर र आलियाको भेटघाटलाई प्रेमको गसिप बनाइरहदा सडकको सिक्वेल बन्ने खबरले चर्चा पाइरहेको छ । सिनेमा ‘सञ्जु’ मा संजय दत्तको गेटअपमा देखिएका रणवीरले नै सडकको सिक्वेलमा अभिनय गर्ने आधिकारिक खबर रहेको केहि भारतीय मिडियाले पनि लेखेका छन्।