सविन शाक्य ‘चलचित्र पत्रकारिता पुरस्कार’को घोषणा

द सिनेमा टाइम्स, काठमाडौँ – बिगत नौ बष देखि नियमित साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको फिल्मी खवर साप्ताहिकले सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । प्रविशा प्रकाशनद्धारा प्रकाशन हुँदै आएको फिल्मीखवर साप्ताहिकले स्व. सविन शाक्यको स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो ।

३० बर्ष भन्दा बढी बिभिन्न सञ्चार माध्यममा काम गरेका सविन शाक्यले करिब २५ बर्ष चलचित्र पत्रकारिता गरेका छन् भने फिल्मीखवर साप्ताहिकमा नियमित रुपले संलग्न भई काम गरेका थिए । गतबर्ष असार २३ गते शाक्यको निधन भएको थियो ।

शाक्यको निधन भएको बार्षिकी तथा प्रथम स्मृति दीवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको फिल्मीखवर साप्ताहिकका प्रकाशक तथा सम्पादक शान्ति प्रियले बताएका छन् ।

सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार हरेक बर्ष फिल्मी खवरको बार्षिकोत्सवका अवसरमा प्रदान गरिने र अहिलेलाई पुरस्कारको राशि १०,०००।– (रुपैया दशहजार मात्र) सहित प्रमाण पत्र प्रदान गरीने शान्ति प्रियले बताएका छन् । हरेक बर्ष रंग पत्रकारितामा संलग्न एक पत्रकारलाई यो पुरस्कार प्रदान गरिने पनि शान्ति प्रियले बताए

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *