‘सायद २’लाई ‘पीजी’ सर्टिफिकेट

‘सायद २’लाई ‘पीजी’ सर्टिफिकेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० गतेबाट प्रदर्शन हुने सिनेमा ‘सायद २’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ ।

अब पुष्पराज न्यौपाने निर्देशित सिनेमा हेर्न १६ वर्ष भन्दा तलका दर्शक अभिभावकको निगरानीमा हलसम्म पुग्नु पर्नेछ । दुर्गिस फिल्मसको व्यानरबाट निर्माण भएको यो  चौथों सिनेमा हो । यसअघिका तिन हिट सिनेमा ‘सायद’, ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ले समेत सेन्सरबाट ‘पीजी’ सर्टिफिकेट पाएका थिए ।

‘सायद २’ पछिल्लो समय चर्चामा रहेको सिनेमाले युवापुस्ताको प्रेमकथालाई पर्दामा उतार्दै छ । सुनिल रावलको निर्माण रहेको सिनेमामा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुसल पाण्डे, सुनिल रावल लगायतका कलाकारको अभिनय छ ।