ओस्कार कलेजका विद्यार्थीले बनाउने भए ‘सावा ब्याज’

ओस्कार कलेजका विद्यार्थीले बनाउने भए ‘सावा ब्याज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपालमा सिनेमा पढाई हुने पहिलो कलेज ‘ओस्कार इन्टरनेशनल कलेज’ का विद्यार्थीहरुले सिनेमा निर्माण गर्ने भएका छन् । ‘सावा ब्याज’ नाम राखिएको सिनेमाको मंगलबार एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो ।

सिनेमाले समाजमा घटिरहेको यथार्थ घटनालाई देखाउने डेब्यु निर्देशक देविन राईले बताए । कात्तिकको तेस्रो साताबाट फ्लोरमा निस्कन लागेको सिनेमामा ओस्कार कलेजमा अभिनय पढिरहेका विद्यार्थी प्रवेश महतरा क्षेत्री र रश्मी श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

करीब ३ बर्षको अध्ययन र मिहिनेत पश्चात् ओस्कार कलेजका विद्यार्थीहरुले उक्त सिनेमा निर्माण गर्न लागेका हुन् । आशिष लिम्बुको छायांकन रहने सिनेमाको सम्पुर्ण छायांकन पूर्वीय पहाडी भेग तथा मकालु र काठमाडौंमा हुनेछ ।

निकै कम लगानीमा निर्माण हुन लागेको सिनेमालाई देगेन्द्र कुमार राई र बिपिन राईले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । सिनेमा कलाकार प्रवेश र रश्मीले कथावस्तु उत्कृष्ट लागेका कारण सिनेमामा काम गर्न लागेको बताए ।