गौरव र मेनुका पुन: चालिस काटेसी रमाउने !

गौरव र मेनुका पुन: चालिस काटेसी रमाउने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘साँइली’ निर्माण हुने भएको छ । गत बर्ष रिलीज भएको आधुनीक गीत ‘साँइली’को चर्चा र सफलता पछी रामबाबु गुरुङले उक्त गीतको शिर्षकलाई सापटी लिँदै सिनेमा घोषणा गरेका हुन् ।

सिनेमाको लागि उक्त गीतकै कलाकार गौरव पहारी र मेनुका प्रधान मुख्य भूमिकामा रहनेछन । ‘चालिस काटेसी रमाउला’ सबटाइटल रहेको सिनेमाको घोषणा कार्यक्रममा गीतका संगीतकार/गायक हेमन्त राना र कलाकार गौरव पहारी उपस्थित हुँदा मेनुका प्रधान भने अनुपस्थित रहिन् ।

‘साँइली’ गीतले २ करोड भ्युज प्राप्त गरेको अवसरमा खुसियाली मनाउँदै घोषणा कार्यक्रममा केक पनि काटियो । साँइली जीएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमालाई हेमन्त राना, गौरव पहारी, अजय पोखरेल, विशाल गरुङ, मोहन थापा र विजय पुजासले मिलेर बनाउँन लागेका हुन् ।

माघको अन्तिम या फागुनको पहिलो सातासम्म छायाँकनमा जान सक्ने सिनेमाको लागि अन्य कलाकार फाईनल भएका छैनन् ।