‘दर्पण छायाँ २’ निर्मात्री पर्यटन दुतमा नियुक्त

‘दर्पण छायाँ २’ निर्मात्री पर्यटन दुतमा नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्मात्री, कवियत्री तथा गीतकार साबु गदाल कार्की अमेरिकास्थित कोलोराडो राज्यका लागी पर्यटन दुत नियुक्त भएकी छन् । नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारका लागी नेपाल पर्यटन वोर्डले कार्कीलाई पर्यटन दुतका रुपमा दुई वर्षका लागि नियुक्त गरेका हो ।

दुत नियुक्त भएसँगै बधाई तथा शुभकामना पाइरहेकी साबुले आफ्नो दुई वर्षे कार्यकालमा नेपाली पर्यटन र संस्कृतिको कोलोराडोमा सक्दो प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने बताइन् । एक दशकदेखि कोलोराडोमा बस्दै आएकी साबुले गत साल ‘दर्पण छायाँ २’ निर्माण गरेकी थिइन् । उनी यही फेब्रुअरीमा नेपाल आउँदैछिन् । साबुलाई बधाई तथा शुभकामना !