‘रुपै मोहनी’मा कलाकारको पल्टन

‘रुपै मोहनी’मा कलाकारको पल्टन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी…’ बोलको गीत सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा कलाकारको पल्टनै प्रस्तुत गरिएको छ ।

कविराज गहतराजको कोरियोग्राफीमा हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह र आँचल शर्माले कम्मर मर्काएका छन् ।

लोकराज अधिकारीको शब्दमा टंक बुढाथोकीले संगीत भरेका छन् । भने, स्वरमा टंकलाई मिना निरौलाले साथ दिएकी छन् । ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको सिनेमा चैत ९ गते प्रदर्शनमा आउदैछ । महसंचारले निर्माण गरेको सिनेमा ‘शत्रु गते’लाई तराई र काठमाडौँमा छायाँकन गरिएको हो ।