‘रुमालै छ चिनो’को ‘ए माया’ गीतमा सुशान्त अप्सनाको ठुम्का !

‘रुमालै छ चिनो’को ‘ए माया’ गीतमा सुशान्त अप्सनाको ठुम्का !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सिनेमा ‘रुमालै छ चिनो’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सुशान्त कार्की र अप्सना थापालाई फिचर्ड गरिएको छ । एक समयको निकै हिट दोहोरी गीत ‘रुमालै छ चिनो’को नाम सापटी लिएर गीतकार रेशम थापाले सिनेमा निर्माण गरेका हुन् ।

सिनेमामा समावेश ‘ए माया….’ बोलको गीतमा अहिलेका चल्तीका संगीतकार अर्जुन पोखरेलको शब्द,संगीत तथा स्वर रहेको छ । उनलाई फिमेल स्वरमा गायिका अञ्जु पन्तले साथ दिएकी छन् । रेशम थापाको कथा रहेको सिनेमामा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्योती फिल्मस्को ब्यानरमा बनेको यस सिनेमामा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा निर्माण गरेको सिनेमाको निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् । सिनेमाको छायांकन बिनोद सापकोटाले गरेका हुन् भने शिब थारुको सम्पादन रहेको छ ।