Trailer Alert: ‘रुद्रप्रिया’ सोमबार, हेर्नुस् रेखा र आर्यनका रोमान्टिक तस्विर

Trailer Alert: ‘रुद्रप्रिया’ सोमबार, हेर्नुस् रेखा र आर्यनका रोमान्टिक तस्विर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ८ वर्ष अघि हिट सिनेमा दिईरहेको रेखा थापा र आर्यन सिग्देलको हिट जोडी जव लामो समयको अन्तराल पछी पुन: पर्दामा आउने समाचार बाहिरियो तवबाट ‘रुद्रप्रिया’ चर्चामा रहेको सिनेमा हो । यो सिनेमामा रेखा र आर्यनको मुख्य भूमिका छ ।

सिनेमाको पोस्टर र दुई गीत रिलिज भएपछी सिनेमाको हाइप झनै बढेको छ । नेपाली दर्शक माँझ आर्यन र रेखाको जोडी प्रतिक्षित छ । लक्ष्मीपूजाको अवसर पारेर कार्तिक २ गते रिलिज हुन् लागेको ‘रुद्रप्रिया’ ट्रेलर भदौ २६ गते सोमबार ४ बजे रिलिज हुदैछ ।

सोमबार ‘रुद्रप्रिया’को ट्रेलर रिलिज गर्न निक्कै उत्सुक रहेकी रेखाले सिनेमाका केहि तस्विरहरु सार्वजनिक गरेकी छन । तस्विरमा रेखा र आर्यनलाई रोमान्टिक मूडमा देख्न सकिन्छ । अर्जून पोखरेलको संगीतमा तयार भएको रोमान्टिक ट्य्राकको अहिले छायाँकन भैरहेको छ । गीतको भिडियो एकदमै राम्रो बनेको छ रेखाले भनिन् ।

सुदिप बबी भुसाल सिंहले निर्देशन गरेको सिनेमामा रेखा र आर्यनका अलावा राजन इशान र टिका पहारीको पनि अभिनय छ । सरस्वति थापा र रमेश एमके पौडेल निर्मित सिनेमाको प्रस्तुतकर्ता रेखा स्वयम् हुन् ।