यस्तो भव्य देखियो रेखा र आर्यनको ‘रुद्रप्रिया’ केमेस्ट्री ! (भिडियो)

यस्तो भव्य देखियो रेखा र आर्यनको ‘रुद्रप्रिया’ केमेस्ट्री ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । करिब ७ वर्ष पछी नेपाली पर्दाको हिट जोडी युट्युबमा सार्वजनिक भएको छ । वर्षकै प्रतिक्षित जोडी रेखा थापा र आर्यन सिग्देल अभिनित ‘रुद्रप्रिया’ गीतमा यी दुईको लोभलाग्दो केमेस्ट्री देख्न सकिन्छ ।

‘चिरबिर चिरबिर चाचरी…’  गीतको भिडियोलाई निर्माण समय देखि नै प्रतिक्षा गरिएको थियो । अन्तत: समयावधि सकिएको छ । हेर्नुस भिडियो:-

राजनराज सिवाकोटीको शब्द/संगीतमा तयार भएको यो डान्सिङ नम्बरमा प्रविन सिंहले कोरियोग्राफीमा डेब्यु गरेका छन् । जुन प्रसंसनिय छ । १७ लाख बढीको लागतमा निर्माण भएको भिडियोको लाइटिंग पक्ष उत्कृष्ट छ । गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर छ । भने, गीतलाई राजन इशानले एरेन्ज गरेका हुन् । भिडियो सम्पादन चन्दन दत्तले गरेका हुन् ।

लक्ष्मीपुजाको अवसरमा कार्तिक २ गते रिलिज हुन् लागेको सिनेमामा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ । प्रतिक्षित् सिनेमा ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । भने, निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् । संजय लामाको छायाँकन रहेको सिनेमामा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ ।