बन्दीपुरबाट रेखा र आर्यन स्टारर ‘रुद्रप्रिया’को सुटिङ सुरु

बन्दीपुरबाट रेखा र आर्यन स्टारर ‘रुद्रप्रिया’को सुटिङ सुरु

द सिनेमा टाइम्स
0
Shares

लामो शीतयुद्ध टुङ्ग्याउँदै करिब ८ वर्ष पछि सँगै पर्दा सेयर गर्न लागेका रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्र प्रिया’ को बिहिबारबाट सुटिङ सुरू भएको छ । फिल्मको सुटिङ बन्दिपुरबा सुरु भएको हो । स्थानिय खड्गादेवी मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको निर्माता समेत रहेकी रेखाले बताइन।

बन्दीपुरमा फिल्मको सुटिङ दुई सातासम्म चल्नेछ । तत:पश्चात सिनेमाको बाँकी छायाँकन पोखरा, काठमाण्डौं तथा जिरीमा हुनेछ ।

सुदिप भुपाल सिहं ‘बबी’फिल्मका निर्माता हुन्। सिनेमा कात्तिक २ गते लक्ष्मी पूजामा रिलिज हुने निर्माण पक्षले जनाएको छ । रमेश एमके पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा संजय लामाको छायाँकन रहेनेछ भने तीन संगीतकार सुरेश अधिकारी, अर्जुन पोखरेल तथा राजनराज सिवाकोटीको संगीत रहनेछ ।
फिल्मको स्क्रिप्ट भने सुदिपले रूबि सेनसँग मिलेर लेखेका हुन्।